Bengal Florican Conservation Workshop

 
काठमाडौँमा त्रिभुवन विश्वविद्यालय-प्राकृतिक विज्ञान संग्रहालयसँगको सहकार्यमा लोपोन्मुख अति संकटापन्न खर मुजुर  (Bengal Florican) को संरक्षणसम्बन्धी गोष्ठी आयोजना गर्दैछौँ। गोष्ठीको मुख्य उद्देश्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायत नेपालभरि खर मुजुर को संरक्षण प्रयासहरू, यससम्बन्धी भएका अनुसन्धानका नतिजाहरू र भविष्यका योजनाहरूमाथि छलफल गर्नु हो। 
कार्यक्रमको विवरण 
स्थान: प्राकृतिक विज्ञान संग्रहालय, त्रिभुवन विश्वविद्यालय, स्वयम्भू, काठमाडौँ
मिति: वि.सं. २०८२ श्रावण २९ गते (बिहीबार)
समय: बिहान १०:४५ बजेदेखि दिउँसो ३:४५ बजेसम्म
प्रस्तुतकर्ता र विषयहरू
सुरज बराल: शुक्लाफाँटामा खरमुजुरको संरक्षण प्रयास 
विराट राज रजक: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा खर मुजुरको बासस्थान उपयुक्तताको विश्लेषण
देवेन्द्र महर्जन: ठूला चराहरूको ट्याक्सिडर्मी (Taxidermy)
लव केसी:  घाँसेमैदान  व्यवस्थापन
निकिता फुयाल: शुक्लाफाँटाका घाँसे मैदानमा लोपोन्मुख खर मुजुरको संख्या स्थिति, बासस्थानको प्रयोग र संरक्षण चेतना
हामीलाई आशा छ कि यस गोष्ठीले खर मुजुर को संरक्षणका लागि नयाँ दिशा निर्देश गर्नेछ ।